केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीजको लागि नेपालको अधिकारिक वितरक

0
Shares

केएल दुगड ग्रुपले अधिकारिक रुपमा लोकप्रिय ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा बितरण सुरू गरको छ ।

मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरु, ग्लुटेन-मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल-मुक्त, तथा १००% शाकाहारी हुन्छन्।

गुणस्तरको कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादहरूमा उपलब्ध छन् जस्तै चीज एंड हर्ब्स, सिज्ज्लिंग जलापेनो, स्वीट चिल्ली, टिक्का मसला, पेरी पेरी, टोमाटो मेक्सिकाना ५५ ग्राम, १४० ग्राम र २०० ग्रामको सिज्ज्लिंग जलापेनो उपभोक्ता प्याकमा उपलब्ध छ, साथै ७० ग्रामको उपभोक्ता प्याकमा दुई स्वादिष्ट जलापेनो नाचोस र पेरी पेरी नाचोस उपलब्ध छन्।

त्यसैगरी कोर्निटोस क्रस्टिस ६ फरक फरक स्वादहरूमा उपलब्ध छन्। किङ्ग करी, चीजी गार्लिक, पेरी पेरी, दिल्ली चाट, लेमोन चिल्ली, इटालियन चीजीस यी स्वादहरु छण् ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।

अब ग्राहकले भाटभटेनी, बिगमार्ट, दराजडटकममा तथा स्थानीय किराना पसलहरुमा कोर्निटोसको स्न्याक्सहरु सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

केएल दुगड ग्रुपले ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाध्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउदै आएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ पुस २०८०, आइतबार  १६ : ५० बजे