प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नवीकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छूट दिने भएको छ । कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको हो ।
पुस १६ गतेदेखि २७ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत ब्याज छूट गर्ने कम्पनीले जनाएको हो । नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरू मोहलत अवधि नाघी व्यतित भई पुनर्जागरणको लागि छूट प्रदान गरेको हो ।
कम्पनीले यसका लागि विभिन्न शर्तहरू समेत निर्धारण गरेको छ । जसमा यस योजनामा पुनर्जागरण भएका बीमालेखहरू पुनर्जागरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको विलम्ब शुल्क छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । साथै यसभन्दा पहिले विलम्ब छूट सुविधा प्राप्त गरिसकेका बीमितहरूलाई यस योजनामा समावेश नगरिने तथा यस छूट योजनामा सहभागी भई छूट प्राप्त गर्ने बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छूट प्रदान नगरिने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
