प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटी बीच छूट सम्झौता

0
Shares

प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग आफ्ना हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक समझौता गरेको छ । बुधबार गरिएको उक्त समझौता २ वर्षका लागि लागू हुनेछ ।

सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्र्तगतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहक महानुभावहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २०% छुट अफर पाउने भएका छन् ।

प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्र्फमेशन तथा परिचय पत्र देखाई देखाउनु पर्नेछ । कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।

सिद्धार्थ ग्रुपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिदै आएको छ जसमा हाल १४ होटेल तथा रेर्सोट, ४ रेष्टुरेन्ट रहेको छ तथा २ कैफ गरि २० स्थानबाट सेवा दिदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।