नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) मा चार जना सञ्चालक निर्वाचित भएका छन् । बैंकको पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन र सर्वसाधारण सेयरधनीतर्फ एक जना सञ्चालकहरू निर्वाचित भएका हुन् ।
बैंकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्नेगरी विशाल ग्रुपबाट अनुज अग्रवाल, ग्लोबल आइएमई बैंकबाट रत्न राज बज्राचार्य र इमर्जिङ्ग नेपाल लिमिटेडबाट लालमणि जोशीलाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक निर्वाचित गरेको कम्पनी सचिव इश्वरबन्धु गौतमले जानकारी दिए ।
सोही सभाबाट रिक्त सर्वसाधारण सेयरधनीतर्फ साविक सञ्चालकको बाँकी कार्यकालका लागि प्रवीण सुवेदीलाई नियुक्त गरेको छ । साथै स्वतन्त्र सञ्चालक शंकर प्रसाद अधिकारीको पदावधि पुस १७ गतेदेखि सकिएको समेत बैंकले जनाएको छ । यससँगै बैंकमा स्वतन्त्र सञ्चालक पद रिक्त भएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेकोचुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया