मुक्तिनाथ विकास बैंक १८ औं वर्षमा प्रवेश, आविष्कार केन्द्रलाई ५ लाख सहयोग

0
Shares

मुक्तिनाथ विकास बैंक लि.ले १७ औं वर्ष पार गरी १८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । यसै अवसरमा बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्यहरु र बैंकमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवशरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुन द्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्र लाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि ५ लाखको आर्थिक सहयोगका गरेको छ ।

यसै गरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा संचालित बृहत रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत संकलन गरेको छ । यस अवशरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, दृष्टिविहिन नागरिकहरुलाई सेतो छडी वितरण, अनाथलय, बाल आस्रम तथा बृद्धा आस्राममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ ।

साथै, बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु , संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थितिमा संचालन भएको उक्त समारोहमा बैंकका अध्यक्ष भरत राज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहीबार  १८ : ०६ बजे