नारायणी डेभलपमेन्ट बैंकले हकप्रद स्वीकृत, सेयरधनीलाई हकप्रदमाथि हकप्रद

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद स्वीकृत, सेयरधनीलाई हकप्रदमाथि हकप्रद

नारायणी डेभलपमेन्ट बैंकले १स्१ को अनुपातमा हकप्रद सेयर जारी गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । विसं २०७९ भदौ दोस्रो साता हकप्रदको अनुमति मागेको बैंकले साढे एक वर्ष अवधिमा हकप्रद जारी गर्न अनुमति पाएको हो ।

बैंकले १ः१ को अनुपातमा प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । बैंकले हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

चितवनमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड रुपैयाँ र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ छ । यो डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

यसअघि दुई पटक शतप्रतिशत हकप्रद बिक्री गरेर सेयरधनीलाई लगानी थप्न लगाएको यस बैंकले फेरि शतप्रतिशत हकप्रद बिक्री गरेर रकम उठाउने भएको हो । हकप्रद बिक्री गरेपति बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ । हकप्रदपछि राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोड चुक्ता पूँजी कायम हुनेछ ।

बैंकले यसअघि २०७८ पुस ७ देखि माघ १२ गतेसम्म एक बराबर एक अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको हकप्रद सेयर बिक्री गरेको थियो । सोभन्दा अघि २०७७ माघ १३ देखि फागुन ३ गतेसम्म पनि बैंकले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँको हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार ११ : ३७ बजे