सेयर बजारमा साढे ३६ अंकले बढ्यो, १५ कम्पनीको मूल्य ९% धेरैले बढ्यो

0
Shares

साताको दोस्रो दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से ३६.५७ अंकले बढेको छ । नेप्से १.८० प्रतिशतले बढेसँगै सूचक २०५९.४९ अंकमा पुगेको हो । बजारमा हरियाली छाएसँगै लगानीकर्ताको मनोबल बढ्दै जाँदा कारोबार रकम भने घटेको छ ।

सोमबार ३०९ धितोपत्रको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर ९९ हजार ५२४ पटकमा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा बिक्रीभन्दा खरिद चाप उच्च रहँदा बजारले लय समातेको हो । यद्यपी लगानीकर्ताले बढेर सेयर खरिद गर्न नचाहेपछि कारोबार रकम भने खुम्चिएको हो । आइतबार ३०४ धितोपत्रको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर ९८ हजार ६३२ पटकमा ५ अर्ब २४ करोड १४ लाख ८ हजार माथिको सेयर खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा ५६ करोड ६२ लाखरुपैयाँले कारोबार रकम घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार भने नेप्से २६.३६ अंकले घटेको थियो ।

आज सेन्सेटिभ इन्डेक्स १.१४ प्रतिशत, फ्लोट इन्डेक्स १.७३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१६ प्रतिशत बढेको छ । यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड सामान्य ऋणात्मक बनेको छ भने बाँकी सबै बढेका छन् । हिजो सर्वाधिक घटेको जीवन बीमा आज सर्वाधिक ३.७२ प्रतिशतले बढेको छ । यस्तै जलविद्युत परिसूचक २.८१ प्रतिशत, लगानी २.६१, अन्य २.५७, फाइनान्स २.५६ र विकास बैंक २.२६ प्रतिशतले बढेको छ । यसदिन होटल तथा पर्यटनमुलक, निर्जीवन बीमा, लघुवित्त र ब्यापार १ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये १५ ओटा धितोपत्रको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसदिनको बजारमा सिंगटी हाइड्रोपावर, मोदी इनर्जी लिमिटेड, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै तेह्रथुम पावर कम्पनी, समाज लघुवित्त, सामलिङ्ग पावर र कालिका पावर कम्पनी, सानिमा मिडल तमोर हाइड्रोपावर, स्वावलम्बन लघुवित्त, इन्फिनिटी लघुवित्त, मेन्छियम हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता आजको बजारबाट नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.४६ प्रतिशतले घटेको छ। कमजोर वित्तीय अवस्था रहेको यस विकास बैंकले शतप्रतिशत हकप्रदको भारी बोकाउने भएपछि लगानीकर्ताले सस्तो मूल्यमा नै सेयर बेचेर बाहिरिएका हुन् । यसैगरी प्रभु स्मार्ट फन्डको ३.१७ प्रतिशत, एनएमबि डिबेञ्चर ८.५०% को ३.२८ प्रतिशत, माउन्टेन इनर्जी नेपालको २.९६ प्रतिशत र चन्द्रागिरि हिल्सको २.८७ प्रतिशतले मूल्य घटेको छ ।

सर्वाधिक सेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको २१ करोड ८४ लाख ८२ हजार ८८० रुपैयाँ बराबरको ४ लाख २९ हजार ५७८ कित्ता सेयर कारोबार भएको हो । कम्पनीको सेयर मूल्य ४९८बाट बढेर ५०६ रुपैयाँ कायम भएको छ । सर्वाधिक सेयर खरीद बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी नेपालको १९ करोड ३६ लाख, हाथवे इन्भेष्टमेन्टको कम्पनीको १६ करोड ५५ लाख, एनआरएन इन्फ्रास्टक्चरको १४ करोड ४६ लाख र नेपाल इन्फ्रास्टक्चर बैंकको ११ करोड ७१ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ ।

त्यस्तै, सानिमा मिडल तमोर, रिलायबल नेपाल, शिवम् सिमेन्ट, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर र घोराही सिमेन्ट शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

सोमबारको वृद्धिपछि कुल बजार पुँजीकरण ३२ खर्ब ७२ करोड ९६ लाख ४९ हजार रुपैयाँमा समेटिएको छ । आइतबारको कुल बजार पुँजीकरण ३१ खर्ब ४३ अर्ब ८८ करोड ८६ लाख ७६ हजार रुपैयाँ थियो । सोमबार मात्रै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति ५६ अर्ब ८४ करोड १०लाख रुपैयाँ बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।