परिसंघ र इण्डियन चेम्बर अफ कमर्शबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर

0
Shares

नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चम्बर अफ कमर्श९आईसीसी० बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धि दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । नेपाल उद्योग परिसंघले आइतबार काठमाण्डैंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरका छन् । यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धी गर्न सरोकारवालाहरुलाई प्लाटफर्म प्रदान गर्ने छ । साथै दुई देशबीच द्धिपक्षिय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसरहरु रहेको भन्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरे। उनले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रको अपार सम्भावना, शिक्षा र चिया लगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूबारे प्रकाश पारे ।

इण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिँदै दुबै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनले बताए ।

परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यवसायीक विकासमा युएसीको महत्त्व बारे प्रकाश पारे । साथै उनले युएसीले एशीयन राष्ट्रहरुबीचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्वपूर्ण भुमीका खेल्ने बताए । परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।