‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्पमा २० बर्ष पुराना सवारी साधन नयाँसग एक्सचेन्ज गर्न सकिने

0
Shares

सिजि मोटर्स प्रा. लि. ले विद्युतिय सवारी साधन नेटा भि को बजार प्रवद्र्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेकोे छ ।

हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा २० बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भि सँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कुरा समेत कम्पनीले जनाएको छ ।

स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भि को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहेको कुरा कम्पनिले जनाएको छ ।

नेटा भि गाडिमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारन्टि रहेको छ जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भि को प्रयोग गर्न सक्छन् । यसका साथै यसमा रहेको एचईपीटी २.० प्रविधिले ब्याट्रिलाई तात्न वा बढि चिसो हुन दिदैन।

नेटा भी हाल नयाँ ५० कि. वा. को एलएफपीब्याट्रि सहित शोरुमहरुमा उपलब्ध छ । एलएफपी ब्याट्रि हाल उपलब्ध ब्याट्रिहरु मध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा नेटा भि अब सबैभन्दा सुरक्षित ब्याट्रि युक्त तथा उहि ३८० किमीको लामो रेन्ज सहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको कम्पनीको दाबी छ । यसका साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार  १३ : ०९ बजे