घलेम्दी हाईड्रोको दशौँ वार्षिक साधारण सभा सम्पन्न

0
Shares

घलेम्दी हाईड्रो लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । घलेम्दी हाईड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा पुष २९ अर्थात आईतबार सासा बैंक्वेट नयाँबजार, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले लेखापरीक्षण प्रतिवेदन सहितका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक निर्धारण गरिएको छ ।

कम्पनीले १:२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हकप्रद सेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । आउने आर्थिक वर्षमा लगानीकताईलाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको कम्पनीले जनाएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।