महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल

0
Shares

महालक्ष्मी विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकका सीईओ बोधराज देवकोटाले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले लम्साललाई उक्त जिम्मेवारी दिएको हो ।

बैंक सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई माघ १ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले जानकारी दिए । अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी लम्साललाई दिइएको हो ।

लम्सालसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।

नवनियुक्त कायमुकायम प्रमुख कार्यकारी अधिकृत लम्सालले केन्द्रीय बैंकको नीतिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रीत हुने बताए ।

साथै, सञ्चालक समितिले बैंकका सीईओ बोधराज देवकोटाले दिएको राजीनामा स्वीकृत गरेको छ । देवकोटाले आफ्नो चार बर्से कार्यकाल १४ महिना बाँकी छँदै व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएर बाहिरिएका हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।