झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले माघ २३ गते परियोजना स्थल शिवसताक्षी ४ बुलचोक झापामा बिहान १० बजे वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले आयोजना प्रभावित स्थानिय बासिन्दा र आम सर्वसाधारण (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) मा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने भएको छ ।
कम्पनीले शिवसताक्षी–४, झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरेको छ । झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । आयोजनाको निर्माण अवधिको ब्याजसहित कुल परियोजना लागत ७९ करोड ९० लाख छ ।
आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैंया आर्थिक सहयोग गरिनेछ । साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षके लागि प्रतियुनिट ७.३० रुपैँयामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।
.jpg)
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
