यति ब्रुअरीको २००% लाभांश घोषणा, बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने

यति ब्रुअरीको २००% लाभांश घोषणा, बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने

यति ब्रुअरी लिमिटेडले चुक्ता पुँजीको २०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अर्ना लगायतका वियर उत्पादन गर्दै आएको कम्पनीले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर (कर बाहेक) र १०० प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश सहित बुक बिल्डिङ विधि मार्फत आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा डाकेको छ ।

सभाले बुक बिल्डिङ विधि मार्फत आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । साथै, पनि पारित गर्नेछ । सँगै सभामा आईपीओ मार्फत निष्कासन हुने पुँजीको उपयोगबारे निर्णय गर्ने, आईपीओ निष्कासन गर्नको लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको सेयरको अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने संस्थापक तथा सर्वसाधारण लगानीकर्ताको सेयर अनुपात ८५ः१५ कायम गर्ने प्रस्ताव पनि पेश गरिने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

हाल यति ब्रुअरीले अर्ना, किङफिसर, शिखर लगायत बियर उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार १४ : ३७ बजे