माघ २६ देखि फाल्गुन ६ सम्म ‘दैलेख महोत्सव २०८०’ आयोजना हुँदै

0
Shares

अर्थतन्त्रलाई चलायमान बनाउन दैलेखमा कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेलाको आयोजना गरिने भएको छ । दैलेख उद्योग वाणिज्य संघले २०८० माघ २६ देखि फाल्गुन ६ गतेसम्म ‘दैलेख महोत्सव २०८०’ आयोजना गर्न लागेको हो ।

दैलेख जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा टेवा पुन्याउने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ ।

देशमा आर्थिक संकटको असरले माग र उत्पादन घटीरहेको अवस्थालाई न्यूनीकरण गर्नका लागि महासंघले विभिन्न सङ्गको अग्रसरतामा मेला महोत्सव आयोजना गरि व्यवसायीक मनोबल उकास्ने जमर्को गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए ।

उद्योग वाणिज्य सङ्घहरुले पारदर्शीताका साथ मेला महोत्सव गरि प्राप्त हुने आम्दानी सामाजिक कार्यहरुमा खर्च गर्ने गरेको बताउँदै उनले मेला आयोजनाबाट आम्दानी गर्ने नभई ब्यवसायिक र आर्थिक क्रियाकलाप चलायमान बनाउने भएको बताए ।

उनले मेला महोत्सवमा सहाभागी भइ आर्थिक कारोबार अभिवृद्धिका लागि आग्रह गरेका छन् । यस्तै उनले ब्यापारीक मेलाका नाममा मनोरन्जनात्मक कार्यक्रम गर्ने चलन बढेको भन्दै उनले यस्तो काम नगर्न सम्बन्धित पक्षहरुसँग अपिल गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।