लोअर ईर्खुवा हाइड्रोको आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक चयन

0
Shares

नेशनल हाइड्रो पावर कम्पनी लि. (एनएचपिसि) प्रमुख प्रवद्र्धक रहेको, लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्व ३० करोड ५० लाखको २१.५ प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख ५ हजार ७५ं० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्र्नेछ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १३ करोड ५ लाख रुपैयाँ बराबरको १३ लाख ५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात १५ करोड ७५ हजार रुपैयाँ बराबरको १५ लाख ७५० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।

सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले निर्माण गर्दै रहेको, भोजपुर जिल्लामा अवस्थित, तल्लो ईर्खुवा जलविद्युत आयोजनाको निर्माणको काम अन्तिम चरण तिर पुगेको छ।

यो १४.१५ मेगावाट क्षमताको आयोजनाको सुरुङ्ग उत्खनन्, सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल उपकरणहरुको खरिद, हाइड्रो मेकानिकल उपकरण्हरुको खरिद तथा निर्माण, तथा प्रसारण लाइनको ब्यवस्थापन भइसक्दा ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

करीब २ अर्व उनान्सय करोडमा सम्पन्न हुने यस आयोजनाको लागि माछापुच्छ्रे बैंक लि. को अगुवाइमा नेपाल एस. बि. आइ बैंक लि. र ज्योति विकास बैंक लि. को सहवित्तियकरणमा ऋण सुविधा प्राप्त भइसकेकको छ । यो आयोजनाबाट यही आर्थिक वर्ष भित्र विद्युतको ब्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य लिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।