हिमालयन रिइन्स्योरेन्सले भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने

0
Shares

हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ ।

भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो ।

हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय पाउन बाटो खुला भएको हो ।

स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ ।

त्यस्तै, भारतमा व्यवसाय गर्न स्वीकृति पाएसँगै कम्पनीले पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता गरेको छ ।

हिमालयन रिइन्स्योरेन्सले केही समयअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्काशन प्रक्रिया पूरा गरी धितोपत्रको दोस्रो बजारमा कारोबार भइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।