चार्टर्डको सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कायम हुँदा प्रभुको सबैभन्दा कम

0
Shares

वाणिज्य बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) कायम गर्दा प्रभु बैंक सबैभन्दा पुछारमा रहेको छ । 

चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कमाएको खुद नाफालाई सो बैंकको कायम प्रतिकित्ता सेयरले भाग गरी कायम भएको अंकलाई दुईले गुणान गरी वार्षिक प्रतिसेयर आम्दानी निर्धारण गरिएको हो ।  यस आधारमा पुस समान्तसम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै वार्षिक प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस अवधिमा एभरेष्ट बैंकको २९ रुपैयाँ १२ पैसा, राष्ट्रिय वाणिज्य बैंकको २५ रुपैयाँ ७८ पैसा, एनआईसी एशिया बैंकको २५ रुपैयाँ ५९ पैसा, नबिल बैंकको २३ रुपैयाँ ७४ पैसा र प्राइम कमर्सियल बैंकको २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

चालु आवको ६महीना अवधिमा थप दश वाणिज्य बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी दश देखि २० रुपैयाँको बीचमा रहेको छ । ती बैंकहरुमा कृषि विकास, सानिमा, नेपाल एसबिआई, सिद्धार्थ, एनएमबि, हिमालयन, माछापुच्छ्रे, ग्लोबल आइएमई, सिटिजन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

लक्ष्मी सनराइज, नेपाल बैंक, कुमारी र प्रभु बैंकको दश रुपैयाँभन्दा कम छ । पुससम्मको वित्तीय विवरणका आधारमा लक्ष्मी सनराइज बैंकको ९ रुपैयाँ १४ पैसा, नेपाल बैंकको ८ रुपैयाँ ३ पैसा, कुमारी बैंकको ६ रुपैयाँ ६३ पैसा र प्रभु बैंकको ६ रुपैयाँ १२ पैसा रहेको छ ।

Commercial Bank Earning Per Share
S.N. Bank  FY 2080-81 Q2 FY 2079-80 Q2 Change 
1 Agriculture Devlopment 17.73 -4.43 22.16
2 Everest 29.12 21.45 7.67
3 Prime Commercial 22.50 17.03 5.47
4 Himalayan* 13.89 13.63 0.26
5 Siddhartha 16.18 16.53 -0.35
6 Standard Chartrd 36.62 37.19 -0.57
7 Citizen Bank  11.02 11.85 -0.83
8 Kumari* 6.61 7.72 -1.11
9 Nabil 23.74 25.33 -1.59
10 Machhapuchchhre 13.86 17.64 -3.78
11 Sanima 16.81 20.69 -3.88
12 Prabhu* 6.12 10.19 -4.07
13 Nepal Investment Mega* 10.56 15.61 -5.05
14 NMB 14.98 20.70 -5.72
15 Nepal SBI 16.61 23.26 -6.65
16 Global Ime* 11.31 18.07 -6.76
17 Nepal Bank 8.03 15.93 -7.90
18 Laxmi Sunrise* 9.14 18.65 -9.51
19 Rastriya Banajya  25.78 35.76 -9.98
20 Nic Asia 25.59 56.77 -31.18
*Merger Average 16.81 19.98 -3.17

कृषि विकास बैंकले बढायो सर्वाधिक

कृषि विकास बैंकले सर्वाधिक प्रतिसेयर आम्दानी वृद्धि गरेको छ । २०७९ पुसमा वार्षिक ४ रुपैयाँ ४३ पैसा ऋणात्मक रहेको बैंकले २२ रुपैयाँ १६ पैसा वृद्धि गरी १७ रुपैयाँ ७३ पैसा कायम गरेको हो ।  यस्तै समीक्षा अवधिमा एभरेष्ट बैंकको ७ रुपैयाँ ६७ पैसा, प्राइम कमर्सियल बैंकको ५ रुपैयाँ ४७ पैसा र हिमालयन बैंकको २६ पैसाले वार्षिक प्रतिसेयर आम्दानी बढेको हो ।

यस अवधिमा एनआईसी एशिया बैंकको वार्षिक प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ३१ रुपैयाँ १८ पैसाले घटेको छ । दुई आर्थिक वर्षमा लाभांश नबाँडेपछि २०७९ पुसमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ५६ रुपैयाँ ७७ पैसा कायम भएको थियो । गत आवबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस बाँडेपछि बैंकको इपीएसमा उच्च गिरावट आएको हो । पुससम्ममा बैंकको खुद नाफा पनि ४१ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसैगरी यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको ९ रुपैयाँ ९८ पैसा, लक्ष्मी सनराइज बैंकको ९ रुपैयाँ ५१ पैसा, नेपाल बैंकको ७ रुपैयाँ ९० पैसा, ग्लोबल आइएमई बैंकको ६ रुपैयाँ ७६ पैसा, नेपाल एसबिआई बैंकको ६ रुपैयाँ ६५ पैसा, एनएमबि बैंकको ५ रुपैयाँ ७२ पैसा र ५ रुपैयाँ ५ पैसाले घटेको छ ।

तथ्याङ्क अनुसार कुमारी बैंक, नबिल, माछापुच्छ्रे, सानिमा, प्रभु बैंकको इपीएस १ देखि ४ रुपैयाँसम्म घटेको छ । सिद्धार्थ, स्ट्याण्डर्ड चार्टड र सिटिजन बैंकको इपीएस एक रुपैयाँभन्दा कम घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।