सेबोनको निमित्त अध्यक्षको जिम्मेवारी डा.नवराज अधिकारीलाई

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । अर्थमन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै बरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।

सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि अधिकारीलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ ।

तत्कालीन अध्यक्ष रमेश हमालको कार्याकाल गत पुस २० गतेदेखि सकएिपछि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिका सदस्यमा अर्थमन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।