नेपाल पेमेन्ट सोल्युशनको आईपीओ जारी गर्न एलएस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

0
Shares

नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको ३ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको ३ लाख ५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने जनाएको छ ।

उक्त सम्झौता-पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे।

नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभाग द्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।