अटोमोवाइल बजार र चुनौतीबारे नाडा र एडिबीका पदाधिकारीबीच छलफल

अटोमोवाइल बजार र चुनौतीबारे नाडा र एडिबीका पदाधिकारीबीच छलफल

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र एशियाली विकास बैंक (एडिबी) पदाधिकारीहरुबीच नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता सम्बन्धमा छलफल भएको छ । पछिल्लो समय बढ्दो विद्युतीय सवारीसाधनको माग र प्रयोगका सम्बन्धमा एडिबीले चासो दिएको हो ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडाको सचिवाल टेकुमा माघ १४ गते आइतबार भएको छलफलमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरुबीच नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडि बढ्ने सम्बन्धमा विभिन्न विषयहरुमा छलफल भएको हो ।

छलफलमा माथिका विषयहरुमा अर्को पटक विस्तृत छलफल गर्ने समेत तय भएको छ । उक्त बैठकमा सो प्रोजेक्टका तर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेत सो छलफलमा उपस्थित थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार १२ : ४३ बजे