रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी

0
Shares

आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ।

सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो (एक करोड ६० लाख अमेरिकी डलर) खुद नाफा घटेको निगमले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी माइकल ओलेरीले रायनएयरले वार्षिक खुद नाफा एक अर्ब ८५ करोड र एक अर्ब ९५ करोड युरोमा सीमित हुने बताए। कम्पनीले आफ्नो नाफा १.८५ अर्बदेखि २.०५ अर्ब यूरोको बीचमा रहने अनुमान गरेको थियो ।

“यो मार्गदर्शन र पूर्ण वर्षको परिणाम समूहको वर्तमान चौथो त्रैमासिकमा अप्रत्याशित प्रतिकूल घटनाहरूबाट बच्नमा धेरै निर्भर रहन्छ,” ओलेरीले आय विवरणमा थपे।

उनले युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व र बोइङको आपूर्तिमा थप ढिलाइजस्ता जोखिम रहेको बताए।

तेस्रो त्रैमासिकमा रायनएयरको इन्धन लागत ३५ प्रतिशतले बढेको छ भने करको लागत १७ प्रतिशतले वृद्धि भएको छ ।

उच्च औसत भाडाको बावजुद यात्रुहरूको सङ्ख्यामा सात प्रतिशतले बढेर ४१.४ चार करोड १४ लाख पुगेको छ जसले उच्च तलब जस्ता अन्य बढ्दो लागतहरू रोक्न मद्दत पु¥याएको छ ।

एयरलाइन्सको चौथो त्रैमासिक वा जनवरी–मार्च अवधि परम्परागत रूपमा सबैभन्दा कमजोर हो ।

ओलेरीले अमेरिकी विमान निर्माता कम्पनी बोइङले डेलिभरीमा हुने ढिलासुस्ती र गुणस्तर सुधार गर्न थप काम गर्नुपर्ने आफ्नो लक्ष्य रहेको दोहो¥याए।

बोइङका एक उच्च अधिकारीले अलास्का एअरलाइन्सको मध्यउडान ‘डोर प्लग’ को विस्फोटले निम्त्याएको समस्याका लागि माफी मागे । बोइङको कमर्सियल प्लेन युनिटका कार्यकारी प्रमुख स्टान डिलको यो टिप्पणी बोइङमाथिको गहन जाँचमा केन्द्रित भएको र सुरक्षा जाँचका लागि आफ्ना विमानहरू ग्राउन्डेड गरेको घटनाको तीन हप्तापछि आएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।