सेबोनले मुद्दती खातामा लगानी गर्ने, ब्याजदर प्रस्ताव आह्वान

सेबोनले मुद्दती खातामा लगानी गर्ने, ब्याजदर प्रस्ताव आह्वान

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बोर्डमा रहेको लगानीयोग्य रकम मुद्दती खातामा लगानी गर्ने भएको छ । सेबोनले उक्त रकम एक वर्षका लागि वाणिज्य बैंकमा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो ।

मुद्दती खातामा लगानी गर्न सेबोनले वाणिज्य बैंकहरुसँग आफूले लिन चाहेको लगानीयोग्य रकम र ब्याजदर प्रस्ताव आह्वान गरेको छ । इच्छुक बैंकले माघ १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजात र दिन सक्ने ब्याजदरसहित शिलबन्दी प्रस्ताव गर्न भनिएको छ।

प्राप्त भएको शिलबन्दी प्रस्तावहरु ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा कात्तिक १९ गते शुक्रबार अपराह्न १ः४५ बजे खोलिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार १५ : ५५ बजे