रियलमी सि ५१ र सि ५३ छुट मूल्यमा किन्न पाइने, नयाँ बजार मूल्य कति ?


रियलमीका दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ छुट मुल्यमा उपलब्ध भएका छन् ।

यस अघि १४ हजार ९९९ मा उपलब्ध हुँदै आएको मेमोरी च्याम्पियन रियलमी सि ५१ १ हजार ५०० रुपैया छुट सहित १३ हजार ४९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै १८ हजार ९९९ मा बिक्री हुँदै आएको क्यामरा च्याम्पियन रियलमी सि ५३ मा २ हजार ५०० रुपैयाँको छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ । योसँगै रियलमी सि ५३ को बजार मूल्य १६ हजार ४९९ निर्धारण भएको छ ।

रियलमी सि : क्यामेरा च्याम्पियन

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामरा सहितको रियलमी सि ५३ फोटोग्राफिका डाइमेन्सनहरु एक्स्प्लोर गर्न उचित हुने कम्पनीले जनाएको छ । सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्छ ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइन भएको रियलमी सि ५३ कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइलको रहेको कम्पनीको दाबी छ । १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा ५ हजार एमएएचको ब्याट्री राखिएको छ ।

रियलमी सि ५३ मा १२ जिबी सम्मको डायनामिक ¥यामले सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने मोबाइलमा अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरू जडान गरिएको कम्पनीले जनाएको छ ।

६+१२८ जीबी भेरिएन्टको रियलमी सि ५३ गोल्ड कलरमा १६ हजार ४९९ रुपैयाँमा मा उपलब्ध हुनेछ ।

रियलमी सि ५१ : मिमोरी च्याम्पियन

फास्टर चार्जिङ, बिगर स्टोरेज र क्लियर क्यामरा भएको रियलमी सि ५१ मा ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले २८ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज हुने कम्पनीको भनाई छ । सुपरभोक चार्जरको मुख्य विशेषता भनेको फोन नतातिकनै चाँडो चार्ज हुन्छ ।

१२८ जिबीको स्टोरेज भएको रियलमी सि ५१ लाई ४ जिबीको बिल्ट इन ¥यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन मिल्छ । ५ हजार एमएएचको ब्याट्री रहेको मोबाइलमा ५० मेगापिक्सेल एआई क्यामरा, ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सेगमेन्टकै सबैभन्दा स्लिम फोन रहेको कम्पनीको दाबी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।