वित्तीय प्रणालीको अधिक तरलताले घटायो ट्रेजरीको ‘डिस्काउन्ट रेट’

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै ब्याजदर घट्ने क्रम जारी छ । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेपको ब्याजदर घटाउदै आएका छन् भने अल्पकालिन ब्याजदर पनि निरन्तर घटेको हो ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने र कर्जा लगानी नबढ्ने अवस्थाले अधिक तरलताको अवस्था छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विकास ऋणपत्रको कट अफ रेट र ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि घटेको हो ।

सरकारले विकास निर्माणका लागि खर्च गर्न उठाएको विकास ऋणपत्रको पछिल्लो कट अफ रेट ५.८४ कायम भएको छ । त्यसैगरी सबैभन्दा धेरै अवधिको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि ४ प्रतिशतको विन्दुमा आइपुगेको हो । त्यसैगरी ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलनको औसत ब्याजदर पनि ३ प्रतिशत विन्दु भन्दा माथि पुगेको छ । तर, अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत भन्दा केही तल आएको छ । अन्तर बैंक ब्याजदर घटेपछि केन्द्रीय बैंकले मंगलबारका लागि २० अर्बको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

सोमबार केन्द्रीय बैंकले सरकारको आन्तरिक ऋणपत्र नविकरण गर्नका लागि १९ अर्ब २० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स निष्काशन गरेको थियो । त्यसमध्ये ८ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, ५ र्ब रुपौयँ बरावको १८२ दिने र ६ अर्ब रुपैयाँ बरावरको ३६४ दिने टेजरी बिल्स नविकरण गरेको छ । सोबार निष्कासन भएका सबै प्रकारका ट्रेजरी बिल्सको ब्याजदर घटेको छ भने माग आवेदन पनि ५ गुणा अधिक सम्म परेको छ ।

सोमबार नविकरण भएको ८ अर्ब १० करोड रुपैयाा बरावरको ९१ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाबाट २६ अर्ब ७० करोडको आवेदन परेको थियो । त्यसका लागि बैंक वित्तीय संस्थाले अधिकत ३.२९९८ र न्यूनतम ३.०१०९ प्रतिशत डिस्काउन्ट रेट माग गरेका थिए । यसको औसत डिस्काउन्ट रेट ३.२२३४ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट यसभन्दा अघिको तुलनामा थोरै हो । यसभन्दा अघि माघ ९ गते ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.२३०७ प्रतिशत थियो ।

त्यसैगरी सोमबार नविकरण भएको ५ अर्ब रुपैयाा बराबरको १८२ दिने ट्रेजरी बिल्सका लागि बैंक वित्तीय संस्थाले २४ अर्ब ८१ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका थिए । उक्त ट्रेजरीको डिस्काउन्ट रेट अधिकतम ३.८२०० र न्यूनतम ३.२२०० प्रतिशत रहेको छ । यसको औसत डिस्काउन्ट रेट ३.५५६१ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट यसभन्दा अघिको तुलनामा कम हो । यसभन्दा अघि पुस २४ गते निष्काशन भएको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ४.०३७३ प्रतिशत कायम भएको थियो ।

सोमबार नबिकरण भएको ६ अर्बको ३६४ दिने ट्रेजरी बिल्सका लागि बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ७६ करोड रुपैयाँ बराबरको माग आवेदन गरेका थिए । त्यसका लागि बैंक वित्तीय संस्थाले अधिकतम ४.२९९९ र न्यूनतम ३.९८०० प्रतिशत डिसकाउन्ट रेट माग गरेका थिए । यसको औसत डिसत डिस्काउन्ट रेट ४.१८०० प्रतिशत कायम भएको छ । यो औसत डिसकाउनट रेट यसभन्दा अघिको तुलनामा थोरै हो । यसभन्दा अघि पुस १९ गते निष्काशन भएको ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ४.४४५२ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।