मानुषी लघुवित्तको अध्यक्षमा शाक्य निर्विरोध

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्थाकाे सञ्चालक समिति अध्यक्षमा पद्मासना शाक्य निर्विरोध चयन भएकी छिन् ।

लघुवित्तको माघ १६ गते बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक रहेकी शाक्यलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेकाे हाे ।

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने प्रकृयामा रहेका छन् । मानुषी लघुवित्तको पुस २८ गते शनिबार सम्पन्न दुबै लघुवित्तको विशेष साधारण सभामाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको हो । सभाले ७३ः१०० को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।