चार्टर्ड एकाउण्टेन्टस लाभ र स्वार्थको पछि नलागे सुशासन सुनिश्चित : अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले चार्टर्ड एकाउण्टेन्टस स्वार्थ र लाभको पछि नलागेको खण्डमा सुशासन सुनिश्चित हुने बताएका छन् ।

चार्टर्ड एकाउन्टेन्टस संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले चार्टर्ड एकाउण्टेन्टसहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गरे सुशासन सुनिश्चित हुने बताएका हुन् ।

कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित गराउने भूमिकामा चार्टर्ड एकाउण्टेण्ट्सले ध्यान दिनुपर्ने बताए । बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने उनको भनाई थियो ।

चार्टर्ड एकाउण्टेन्टसहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गरे अनुसार व्याहारमा लागू भए सुशासन सुनिश्चित हुने उनको भनाई थियो ।

“प्रतिज्ञा गरेको कुरा सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टर्डमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ,” मन्त्री महतले भने, “बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउनुपर्छ । त्यसले धेरै सुधार हुन्छ भन्नुभएको छ । त्यसलाई म गम्भीरताका साथ लिन्छु ।”

मर्जरको लाभ तथा प्रिमियबाट लाभांश वितरण गर्दाको कर छलीमा चार्टर्ड एकाउन्टेन्टको मूख्य भुमिका

चार्टर्ड एकाउन्टेन्टहरु नै फस्ने भएपछि संस्थागत रुपमै कर छलीको बचाउ

आयकर ऐनको गलत व्याख्या गर्ने लेखापरीक्षकलाई झापड, दोषिलाई कारबाही गर्न पूर्णपाठ पर्खर्दै विभाग

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।