सिउरी न्यादी पावरले बोलायो एजीएम, आईपीओ ल्याउने प्रस्ताव पारित गर्दै

0
Shares

सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारण छैटौं र सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लिसरा पार्टी प्यालेस नक्सालमा फागुन ९ गते बुधबार बिहान १० बजे संयुक्त सभा सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले आयोजनाको लगानी व्यवस्थापनका लागि आईपीओ जारी गर्ने, आर्थिक वर्ष २०७८–७९ तथा २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारबाही अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्ने, अधिकृत जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नुपर्ने भएमा वा प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।