निर्धन उत्थान लघुवित्तको साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते शुक्रबार २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

माघ १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त दिन नक्साल काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा वार्षिक साधारण सभा डाकेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कुनैपनि लाभांश नदिएको लघुवित्तको सभामा समान्य प्रस्तावहरु पारित हुनेछन् । सभामा आव २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। त्यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी सभाबाट पारितगर्ने एजेण्डा छ ।

साथै चालु आव २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि टुङ्गाउनेछ । सभामा सञ्चालक समितिका सदस्यहरुको नियुक्त तथा मनोनयन अनुमोदन गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी माघ २९ गते सोमबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार माघ २८ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहन आउने सेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।