व्यवसायी अरुण चौधरी पक्राउ गरेकोप्रति निजी क्षेत्रको घोर आपत्ति, पत्रकार सम्मेलनको तयारी

0
Shares

सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवासयी अरुण चौधरीलाई पक्राउ गरेकोप्रति निजी क्षेत्रले घोर आपत्ति जनाएको छ ।

उद्योगी–व्यवसायीको मानमर्दन हुने गरी यस किसिमले गरिएको धरपकडका सम्बन्धमा निजी क्षेत्रले आफ्नो विस्तृत धारणा सार्वजनिक गर्न आजै पत्रकार सम्मलेन गर्ने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले व्यवसायी अरुण चौधरी पक्राउपछिको अवस्थाबारे धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन ।

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीले सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ गरेको हो । उनीमाथि बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा कानुनविपरीत चाँदबाग स्कुलको नाममा ल्याएको आरोप छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।