युनाइटेड अजोडको लाभांश र रिडी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने र रिडी पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो । साधारण सभा र हकप्रद शेयर निष्काशन प्रयोजनार्थ यी दुवै कम्पनीले माघ २२ गते बुक क्लोज गर्ने भएका छन् । जसअनुसार, लाभांश वितरण र हकप्रद शेयरमा भाग लिन आजसम्म सेयर खरिद गर्नुपर्ने छ ।

युनाइटेड अजोड इन्स्योरेन्सले गत वर्षको मूनाफाबाट कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न युनाइटेड अजोडले फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै रिडी पावर कम्पनीले २ः१ अनुपातमा प्रतिकित्ता १०० अंकित मूल्यमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।