सन नेपाल लाइफको नाफा घट्यो, ६ महिनामा साढे ३२ करोड आर्जन

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोखुद नाफा ७.२२ प्रतिशतले घटेको छ ।  गत आवको दोस्रो त्रैमाससम्ममा ३५ करोड ३९ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको खुद नाफा चालु आवको सोही अवधिमा घटेर ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ मात्र नाफा कमाएको हो । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा नाफा हेरफेर हुनसक्छ ।

सार्वजनिक चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पुँजी ३ अर्ब २० करोड रहेको कम्पनीको प्रति सेयर आम्दानी २० रुपैयाँ ५२ पैसा, प्रति सेयर नेटवर्थ १८७ रुपैयाँ ०४ पैसा र मूल्य आम्दानी अनुपात २८.०९ गुणा छ ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब ७ करोड ५० लाख रुपैयाँ र सेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको महाविपत्ती कोषमा १२ करोड ३५ लाख रुपैयाँ सञ्चिती छ ।

वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५८ करोड ६४ लाख १९ हजार खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.१३ प्रतिशतले घटेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ५८ करोड ८४ लाख ७६ हजार खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै पुससम्ममा १ अर्ब ७७ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.४३ प्रतिशतले कम हो ।

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । ग्रस इन्स्योरेन्स कन्ट्याक्ट लियाबलिटिज् ९जीवन बिमा कोष० मा ६ अर्ब ५१ लाख रुपैयाँ रहेको छ ।अघिल्लो आवमा यस्तो कोषको आकार पाँच अर्ब ६७ करोड रुपैयाँ रहेको जीवन बीमा कोषको आकार १४.८१ प्रतिशतले बृद्धि भएको हो ।

त्यस्तै, इन्स्योरेन्सको कुल आम्दानी ९.८१ प्रतिशत बढेर २ अर्ब ३ अर्ब ९१ करोड पुग्दा खुद दाबी भुक्तानी १९.०९ प्रतिशतले बढेर १ अर्ब २९ करोड ६५ लाख र कुल खर्च १३.८२ प्रतिशत बढेर १ अर्ब ७१ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

सन नेपाल लाइफले कमिशन बापत १४ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ । यस अवधीमा कर्मचारी र व्यवस्थापन तथा कार्यालय खर्च सहितको कूल खर्च रकम एक अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा यस्तो खर्च रकम एक अर्ब ५० करोड रुपैयाँ थियो ।

कम्पनीको कुल कायम रहेको बीमा पोलिसी संख्या २.४४ प्रतिशतले बृद्धि भई आठ लाख ७२ हजारबाट बढेर आठ लाख ९३ हजार पुर्याउन सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।