निर्वाचन आयोगद्धारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

0
Shares

निर्वाचन आयोगले रिक्त रहेको २३ स्थानमा उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको भन्दै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

विसं २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त रहेको आयोगले जनाएको हो । रिक्त पदहरूमा कानून बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने भएकाले आगोगले मतदाता नामावलीमा नाम दर्ता गर्न भनेको हो ।

मतदाता नामावलीमा विभिन्न कारणले नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको छ ।

रिक्त रहेका २३ स्थानमध्ये कोशीको इलाम २ मा प्रतिनिधि सभा सदस्य, सूदूर पश्चिमको बझाङ १ को १ मा प्रदेश सभा सदस्य, कर्णालीको दैलेख महाबु गाउँपालिमा अध्यक्ष, कर्णालीको जाजरकोटमा रहेको नलगाड नगरपालिमा उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिमा उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिमा उपाध्यक्ष पद रिक्त भएको हो । यस्तै देशका विभिन्न १७ स्थानका वडा अध्यक्ष पद पनि रिक्त रहेको आयोगले जनाएको छ ।

कहाँ कहाँ हुन्छ उपनिर्वाचन ?

क्र.सं.

प्रदेश

जिल्ला

रिक्त पद

स्थानीय तहको नाम

वडा नं.

कोशी

इलाम २

प्रतिनिधि सभा सदस्य

‍-

 –

सुनसरी

वडा अध्यक्ष

गढी गाउँपालिका

उदयपुर

वडा अध्यक्ष

त्रियुगा नगरपालिका

१२

मधेश

रौतहट़

वडा अध्यक्ष

इशनाथ नगरपलिका

रौतहट़

वडा अध्यक्ष

राजपुर नगरपालिका

वागमती

दोलखा

उपाध्यक्ष

गौरीशंकर गाउँपालिका

    –

काठमाडौं

वडा अध्यक्ष

कीर्तिपुर नगरपालिका

काठमाडौं

वडा अध्यक्ष

काठमाडौं महानगरपालिका

१६

नुवाकोट

वडा अध्यक्ष

ककनी गाउँपालिका

१०

मकवानपुर

वडा अध्यक्ष

हेटौडा उपमहानगरपालिका

१२

११

गण्डकी

गोरखा

वडा अध्यक्ष

गोरखा नगरपालिका

१२

लुम्बिनी

गुल्मी

वडा अध्यक्ष

मुसिकोट गाउँपालिका

१३

रोल्पा

वडा अध्यक्ष

रून्टिगन्टी गाउँपालिका

१४

बर्दिया

वडा अध्यक्ष

ठाकुरबाबा नगरपालिका

१५

कर्णाली

दैलेख

अध्यक्ष

महाबु गाउँपालिका

१६

कालिकोट

वडा अध्यक्ष

तिलागुफा नगरपालिका

१७

जाजरकोट

वडा अध्यक्ष

कुशे गाउँपालिका

१८

जाजरकोट

नगर उपप्रमुख

नलगाड नगरपालिका

 –

१९

सुदूरपश्चिम

बझाङ १ को १

प्रदेश सभा सदस्य

२०

दार्चुला

वडा अध्यक्ष

दुहुँ गाउँपालिका

२१

बझाङ

वडा अध्यक्ष

सुर्मा गाउँपालिका

२२

डोटी

वडा अध्यक्ष

पूर्वीचौकी गाउँपालिका

२३

बाजुरा

उपाध्यक्ष

स्वामीकार्तिक खापर गाउँपालिका

 –

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावलीमा आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्ने कार्यमा सरिक भई आफ्नो मताधिकार सुरक्षित गर्न सबैमा आग्रह गरे । उनका अनुसार उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको उनले बताए । नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको उनको भनाई छ ।

मतदाता दर्ता सम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकोमा आयोगले विश्वास व्यक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।