रुरु जलविद्युतको खुद नाफा घट्यो, जगेडा कोषमा आकर्षक सुधार

0
Shares

रुरु जलविद्युत परियोजना लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.११ प्रतिशत घटेर चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ५ करोड ८९ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । पुससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ०.१८ प्रतिशत घटेर ९ करोड १३ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड १५ लाख ५० हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ३ लाख ४५ हजार रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ४६.४९ प्रतिशतले बढेको हो । पुस मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी २३ रुपैयाँ ९० पैसा, प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात २०.७८ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ७९.७८ प्रतिशत घटेर ३ लाख २९ हजार कायम हुँदा वित्तीय खर्च पनि ३१.५१ प्रतिशत घटेर ४५ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।