एनएमबि लघुवित्त पौने ७ करोड घाटामा

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज वापतको व्यवस्था र खुद ब्याज आम्दानी घट्दा कम्पनीको मुनाफा प्रभावित बनेको हो ।

लघुवित्तले गत आवको यसैअवधिमा १३ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा संस्था घाटामा पुगेको हो । संस्थाको वितरणयोग्य मुनाफा पुससम्म ५ करोड ८२ लाख ९० हजार ऋणात्मक छ ।

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ५३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

लघुवित्तको गत आवको पुसमा खुद ब्याज आम्दानी १६ करोड २८ लाख रुपैयाँ रहेकोमा हाल घटेर १० करोड ७६ लाख रुपैयाँमा संकुचित बनेको छ । गत आर्थिक वर्षको तुलनामा ३३.८९ प्रतिशतले कम्पनीको खुद ब्याज आम्दानी कम हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको सञ्चालन नाफा ६ करोड ७६ लाख ऋणात्मक छ ।

इम्पेयरमेन्ट चार्ज २ करोड ६३ लाख २३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म १० लाख ८३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) ४.९४ बाट बढेर ७.८५ प्रतिशत पुगेको छ ।

चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको एनएमबिको जगेडा कोषमा ४.२२ प्रतिशतघटेर १८ करोड ९० लाख ९२ हजार रुपैयाँ सञ्चित छ । पुससम्ममा लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७३ पैसा ऋणात्मक रहँदा प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।