क्रेष्ट माइक्रोलाइफको खुद नाफा पौन १२ लाख

0
Shares

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०÷८१ को ६ महिना अवधिमा ११ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

दोस्रो त्रैमासमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, पुस मसान्तसम्म कम्पनीले २ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।

चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ्गमा ५० लाख ६७ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख ५६ हजार रुपैयाँ र जीवन बीमा कोष ८२ लाख ९६ हजार रुपैयाँ छ । यस अवधिमा कम्पनीले ८ हजार ५३२ ओटा बीमालेख बिक्री गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।