मल्टिपर्पस फाइनान्सको साधारण सभा फागुन १८ गते

0
Shares

मल्टिपर्पस फाइनान्सले आगामी फागुन १८ गते शुक्रबार वार्षिक साधारण सभा आह्वान गरेको छ ।

माघ २२ मा बसेको फाइनान्सको सञ्चालक समितिको ४२५ औं बैठकले फागुन १८ गते शुक्रबार दिउँसो १ः०० बजे वित्तीय संस्थाको केन्द्रीय कार्यालय, राजविराजमा सभा डाकेको प्रमुख कार्यकारी अधिकृत एंव कम्पनी सचिव रजनीश कुमार सिंहले जानकारी दिए ।

गत आर्थिक वर्षको मुनाफाबाट फाइनान्सले लाभांश वितरणको कुनैपनि प्रस्ताव गरेको छैन । कम्पनीको २६ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका सामान्य प्रस्तावहरु मात्र पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि संस्था फागुन ६ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) हुने भएको छ । बुकक्लोज अनुसार फागुन ३ गतेसम्म नेप्सेमा सेयर कारोबार भै नामसारी भई आएका सेयरधनीहरुले मात्र सो साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।