शङ्कर ग्रुपको जगदम्बा फ्लोर एन्ड एग्रोको रेटिङमा घटुवा

0
Shares

व्यापारिक घराना शङ्कर ग्रुपको लगानी रहेको जगदम्बा फ्लोर एन्ड एग्रो प्रालिको रेटिङमा गिरावट आएको छ ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले यस अघि कम्पनीलाई १ अर्ब ५४ करोड कर्जाको समीक्षाका लागि पटक पटक सम्पर्क गरेता पनि कम्पनीले कुनै प्रतिक्रिया नदिएपछि एजेन्सीले रेटिङ घटुवा गरेको हो ।

सन् २०२२ को सेप्टेम्बर महिनामा एजेन्सीले २९ करोड ८४ लाख बराबरको दीर्घकालीन कर्जा र १ अर्ब २४ करोड १६ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको थियो । हाल सोही रकम बराबरको दीर्घकालीन कर्जाका लागि दिएको रेटिङ डबल बी माइन्सदेखि घटुवा गरी बी प्लस र अल्पकालीन कर्जालाई ए४ रेटिङ दिएको छ । साथै इन्फामेरिक्स नेपालले कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’को सूचीमा वर्गीकरण गरेको छ ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले मैदा, आटा, चोकरको उत्पादन गर्दै आएको छ । कम्पनीले जगदम्बा र शक्तिभोग ब्रान्डनामबाट आफ्ना उत्पादनहरुको बिक्री वितरण गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।