हिमालयन हाइड्रोपावर नोक्सानीमा

0
Shares

हिमालयन हाइड्रोपावर लिमिटेड चालू आवको दोस्रो त्रैमाससम्म ८६ लाख २४ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ९४ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको दोस्रो त्रैमाससम्ममा अन्य आम्दानी शुन्य भएपछि मुनाफमा असर पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको अन्य आम्दानी ८ करोड २० लाख रुपैयाँ थियो ।

चुक्ता पुँजी १ अर्ब ९ करोड रहेको कम्पनीको प्रति सेयर आम्दानी ७९ पैसा ऋणात्मक बनेको छ । यस्तै प्रति सेयर नेटवर्थ ७३ रुपैयाँ ४१ पैसा छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको रिटेन्ड अर्निङ्स २९ करोड ११ लाख ४८ हजार रुपैयाँ ऋणात्मक छ ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीबाट ७ करोड ३६ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ६ लाख ४५ हजार आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी बढेपनि अन्य आम्दानी सुकेको र ब्याज खर्च अधिक रहेको कारण कम्पनीले नोक्सानी ब्यहोरेको हो । कम्पनीको वित्तीय खर्च गत आवमा ४ करोड ८६ लाख ९ हजार रहेकोमा चालू आवमा घटेर ४ करोड ७५ लाख ५४ हजार रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।