खराब कर्जाले थलिएपछि स्वरोजगार लघुवित्तको नाफा २२.४२% घट्यो

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २२.४२ प्रतिशतले घटेको छ । खराब कर्जाले थलिएपछि कम्पनलिे पुससम्ममा ३ करोड ९१ लाख नाफा आर्जन गरेको हो ।

गत आवको दास्रो त्रैमाससम्म कम्पनीले ५ करोड ४ लाख नाफा कमाएको थियो । सार्वजनिक चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तको खराब कर्जा ४.४४ बाट बढेर ५.८९ प्रतिशत पुगेको छ । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १ करोड ४४ लाख ९४ हजार रुपैयाँबाट बढेर २ करोड ८७ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४६ करोड ४५ लाख ५६ हजार रुपैयाँ निक्षेप र बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ४७ करोड ९५ लाख ३४ हजार रुपैयाँ सापटी लिएर ७ अर्ब ६० करोड ३३ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रति सेयर आम्दानी पनि ७ रुपैयाँ १७ पैसाले घटेर चालू आवमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा कायम भएको छ । चुक्ता पुँजी ६२ करोड ७२ लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा १६ करोड १८ लाख ८६ हजार र रिटेन्ड अर्निङमा १० करोड ४६ लाख ५२ हजार रुपैयाँ सञ्चित गरेको छ ।

दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी १६ करोड ६५ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । गत आवमा कम्पनीले १९ करोड २ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा १२.४६ प्रतिशत घटेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा ५ करोड ३९ लाख ३४ हजार रहेकोमा इम्पेयरमेन्ट चाजै बढेसँगै कम्पनीको चालु आवमा ४१.५६ प्रतिशत घटेर ३ करोड १५ लाख २१ हजार रुपैयाँमा सीमित बनेको छ ।

पुससम्म कम्पनीको प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ ५० पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०१ रुपैयाँ ५ पैसा, कस्ट अफ फन्ड १०.३६ प्रतिशत, आधार दर १५.५१ प्रतिशत र मूल्य आम्दानी अनुपात ५२.७५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।