हिमालयन लघुवित्तको नाफा उच्च घट्यो

0
Shares

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६०.७१ प्रतिशत घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५२ लाख ५८ हजार रुपैयाँमा सीमित भएको हो ।

गत आवमा कम्पनीले १ करोड ३३ लाख हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढे पनि कम्पनीको खर्च बढ्दा मुनाफा भने घटेको हो । यस्तै फि कसिमशन आय पनि उच्च रुपमा घटेको छ । पुससम्म यस लघुवित्त कम्पनीको वितरणयोग्य मुनाफा ( रिटेन्ड अर्निङ) १ करोड ९३ लाख ६१ हजार ऋणात्मक छ ।

चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ कम्पनीले दोस्रो त्रैमाससम्ममा ३ रुपैयाँ २९ पैसा प्रति सेयर आम्दानी कायम भएको छ । गत आवको यसै अवधिमा प्रति सेयर आम्दानी ९ रुपैयाँ २९ पैसा थियो । यस्तै जगेडा कोषमा ११ करोड ८२ लाख ९१ हजार रुपैयाँ र सेयर प्रिमियममा ४ करोड ५५ लाख ४३ हजार रुपैयाँ सञ्चित छ ।

सार्वजनिक दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ११.१५ प्रतिशत वृद्धि भई ११ करोड ७२ लाख पुगेको छ । गत आवको तुलनामा चालू आवमा खुद ब्याज आम्दानी १ करोड १७ लाख बढेको हो ।

यस्तै गत आवको तुलनामा सञ्चालन नाफा ६०.७१ प्रतिशत घटेर चालू आवमा ७५ लाख ११ हजारमा सीमित भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा १ करोड ९१ लाख १८ हजार रुपैयाँ थियो ।

पुससम्म लघुवित्तले ९५ करोड ३८ लाख निक्षेप तथा २ अर्ब ९९ करोड ७ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप संकलन, सापटी र कर्जा लगानी सबैमा संकुचन आएको छ । कम्पनीको फी कमिशन आय ३ करोड ७८ लाख ५२ हजारबाट १ करोड २७ लाखले घटेर २ करोड ५१ लाख ५ हजारमा खुम्चिएको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.९३ बाट बढेर ३.५९ प्रतिशत पुगेको छ । यद्यपी कर्जा नोक्सानी व्यवस्थापन भने १ करोड ३५ लाखबाट घटेर ७८ लाख ३१ हजारमा झरेको छ ।

यस अवधिमा कम्पनीको कस्ट अफ फन्ड ९.३१ प्रतिशत, आधार दर १६.५८ प्रतिशत, स्प्रेडदर ५.६९ प्रतिशत, मूल्य आम्दानी अनुपात १८५.७९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४३१ रुपेयाँ २६ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।