रंगुन खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

रंगुन खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

रंगुनखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्तावसहित कम्पनीले आगामी फागुन ९ गते कम्पनीले बुधबारका दिन पहिलो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा डाकेको हो ।  

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । सभाले आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । सभाले आईपीओ निष्कासन गर्ने तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  

साथै सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गरिनेछ  । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले सञ्चालक समिति गठन र स्वतन्त्र सञ्चालकको निर्वाचन लगायतका विभिन्न प्रस्ताव पारित गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार १७ : २५ बजे