महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त

0
Shares

महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले लम्साललाई आगामी चार वर्षका लागि बैंकको सीईओ नियुक्त गरेको हो ।

तत्कालिन सीईओ बोधराज देवकोटाले राजीनामा गरेपछि लम्सालले बैंकमा कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बैंक सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई माघ १ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

लम्सालसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।