कालंगा हाइड्रोको ४९ करोडको आईपीओ निष्कासनका लागि त्रिपक्षिय प्रत्याभुति सम्झौता

0
Shares

कालंगा हाइड्रो लिमिटेडकोे साधारण सेयर निष्काशन गर्नका लागि ज्योति क्यापिटल र लक्ष्मी सनराईज क्यापिटलले सेयर प्रत्याभुति सम्झौता गरेका छन ।

बझाङ स्थीत १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रोले हाल कायम जारी पूँजी १ अर्ब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति सेयर एक सय रुपैयाँ अंकित दरले हुने ४९ करोड बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

उक्त सेयरमध्ये ३४ करोड ९० लाख ज्योति क्यापिटल लिमिटेडबाट तथा १४ करोड १० लाख लक्ष्मी सनराईज क्यापिटल लिमिटेड बाट सेयर प्रत्याभुति हुने भएको छ।

कम्पनीको कालंगा कम्प्लेस, धोबीघाट ३, ललितपूर स्थीत रजिष्र्टड कार्यालयमा साधारण सेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

जारी पूँजी १ अर्व ४० करोड रहेको कालंगा हाइडो लिमिटेडका संस्थापक तथा संचालकहरु चिरपरिचित ब्यवसायी रहेका छन् । यस कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा) को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।