छिमेक लघुवित्तको नाफा २१.५५% घट्यो, पुससम्म साढे ४३ करोड आर्जन

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४३ करोड ६२ लाख २५ हजार रुपैयाँमा संकुचित बनेको छ । गत आवको यसै अवधिमा ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको लघुवित्तको नाफा २१.५५ प्रतिशतले घटेको हो । घटेको खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्ज बढेका कारण नाफा घट्न पुगेको हो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब २८ करोड ९३ लाख २२ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा १ अर्ब ६४ करोड१ लाख ४६ हजार थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीले ३१ अर्ब ८८ करोड ९६ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ५१ करोड ५० लाख सापटी मार्फत कुल ३१ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्षको यसै अवधिसम्म १ अर्ब ४३ करोड ६२ लाख रहको खुद ब्याज आम्दानी ३.५९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड ४७ लाख ४७ हजारमा संक्चित बनेको छ । सञ्चालन मुनाफामा पनि २३.०६ प्रतिशतले कमी आई ६१ करोड३८ लाख ८५ हजार कायम भएको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको खराब कर्जा अनुपात ०.९४ बाट बढेर २.९२ प्रतिशत पुगेको छ । यसले यस वर्ष गत वर्ष २० करोड २९ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष १८.६५ प्रतिशतले बढेर २४ करोड ८ लाख रुपैयाँ माथि पुगेको छ ।

चुक्ता पुँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रुपैयाँ रहेको छिमेकको वार्षिक प्रति सेयर आम्दानी ९ रुपैयाँ ९२ पैसा घटेर २९ रुपैयाँ ३० पैसा कायम भएको छ । कम्पनीको प्रति सेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा, कस्ट अफ फन्ड ८.८५ प्रतिशत, आधार दर ११.३८ प्रतिशत, कुल सम्पत्तिको मूल्य १४५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.७६ गुणा छ ।

पुससम्म कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.१९ प्रतिशत कम हो यस्तै सेयर प्रिमियममा ४ करोड ९ लाख रुपैयाँ र कम्पनीको जगेडा कोषको आकार ३.५७% बढेर २ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ रकम सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।