सामुदायिक र विपिडब्लु लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । 

नियामक निकाय नेपाल राष्ट्र बैंकले माघ २४ गते बुधबार एक आपसमा गाभ्ने गाभिने (मर्जर) प्रयोजनका लागि अन्तिम स्वीकृति प्रदान गरेको कम्पनी सचिव बेलुमाया मगरले जानकारी दिइन् । यससँगै अबको एक महीनाभित्र दुबै संस्थाले एकीकृत कारोबारको थालनी गर्नुपर्नेछ । दुई लघुवित्त १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले १०० कित्ता नै सेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता शेयर हुने सेयरधनीले ८५.३५ कित्ता पाउनेछन् । 

सामुदायिक लघुवित्त राष्ट्र बैंकबाट घ वर्गाको इजाजत प्राप्त क्षेत्रियस्तरको हो भने विपिडब्लु लघुवित्त प्रादेशिकस्तरको लघुवित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्था हो । सामुदायिक लघुवित्तको कार्यालय बनेपा नगरपालिका वडा नम्बर १४, साँगा, काभ्रेपलान्चोकमा रहेको छ भने बिपिडब्लूको बनेपा नगरपालिका वडा नम्बर ८, तिनदोबाटो काभ्रेपलाञ्चोकमा रहेको छ ।

दुई लघुवित्तलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान भएकोमा तोकिएका शर्त तथा प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृतिको लागि निवेदन प्राप्त हुन आएकोले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ७३ र बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति –एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ पाँचौ संशोधन, २०७९० को विनियम ११ मा भएको व्यवस्था अनुसार गाभ्नेरगाभिने (मर्जर) कार्य पश्चात् घ वर्गको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गर्नेगरी अनुमति दिइएको राष्ट्र बैंकले जनाएको छ । यसस्ँगै कम्पनीले बागमती प्रदेशका सबै जिल्ला र सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर र संखुवासभामा कार्यक्षेत्र रहेर वित्तीय कारोबार सञ्चालन गर्नेछ ।

दुई संस्थाबीच २०७८ पुस १ गते शुक्रबार मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । मजर्रको दुइ वर्षमा मर्जर सम्पन्न भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।