सेयर बजार पाँच वर्ष यताकै कमजोर विन्दुमा पुगेपछि चीनले सेयर बजार नियामक– चाइना सेक्युरीटिज रेगुलेटरी कमीसन (सीएसआरसी) का प्रमुख यी हुइमानलाई बर्खास्त गरेको छ ।
यु हुइमानलाई बर्खास्त गरी चीनको मन्त्रिपरिषद्ले यु किङलाई प्रमुखमा नियुक्त गरेको हो । यु किङले यसअघि साङ्घाई स्टक एक्सेन्जको प्रमुख रही कार्यसम्पादन गरिसकेका छन् ।
पछिल्लो समयमा चीनको सेयरबजारमा ठूलो गिरावट आएको छ । कम्पनीहरुमा सेलअफको श्रृङ्खला बढ्दै गएपछि यसअघि यी हुइमानको नेतृत्वको नियामक संस्थाले सेल अफको सीमा तोक्ने निर्णय गरेको थियो । सीएसआरसीको उक्त नीतिलाई लिएर लगानीकर्ताहरुले विरोध गरिरहेका थिए ।
लगानीकर्ताहरुले सेयरबजारमा देखिएको गिरावट न्युनीकरण गर्न राज्यले विशेष स्टीमुलस जारी गर्नुपर्ने दबाब समेत दिएका थिए । तर नियामक निकायले सेयरबजारमा गएको पहिरो रोकथामका लागि सहयोग गर्ने बताएता पनि सहयोगको बारेमा विस्तृत जानकारी नदिँदा सेयर बजारले बियरिस ट्रेन्ड समाएको हो ।

पछिल्लो एक महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले चीनको सेयरबजार मार्फत २ अर्ब ५० करोड अमेरिकी डलर चीन बाहिर लगेका छन् । ब्लुमबर्गका अनुसार चीनको सेयर बजारमा निरन्तर गिरावट आउँदा २७ करोड ५० लाख अमेरिकी डलर बेलआउट फन्ड सरकारले उपलब्ध गराएको उल्लेख छ तथापि पुष्टि भएको छैन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
