मोलुङ्ग हाइड्रोपावर नोक्सानीबाट नाफामा उक्लियो

0
Shares

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले नोक्सानीबाट खुद नाफामा उक्लिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४५ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५७ लाख ६२ हजार रुपैयाँ नोक्सनीमा रहेको थियो । वित्तीय खर्च घटेसँगै कम्पनीको खुद नाफा धनात्मक भएको हो। प्रकाशित वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको वित्तीय खर्च २ करोड ८६ लाख ५४ हजार रहेकोमा ४१.०५ प्रतिशत घटेर१ करोड ६९ लाख १४ हजारमा कायम भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्री मार्फत ३ करोड ८४ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड १२ लाख १ हजार रुपैयाँ आम्दानी गरेकोमा ६.६० प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको कुल नाफा ५.६३ प्रतिशत घटेर ३ करोड ७० लाख ५२ हजार कायम हुँदा सञ्चालन मुनाफा ६.२८ प्रतिशतले संकुचित बनेर २ करोड १४ लाख ९० हजारमा सीमित भएको हो ।

नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी पनि धनात्मक बनेको छ । पुस मसान्तसम्ममा कम्पनीको इपीएस १ रुपैयाँ १४ पैसा छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ७९ पैसा र मूल्य आम्दानी अनुपात ४३४.९० गुणा छ ।

चुक्ता पुँजी ८० करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग १६ करोड २१ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।