नाफा १८८% बढाएको कम्पनीको इपीएस २ रुपैयाँ ६७ पैसा

0
Shares

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको खुद नाफा १८८ प्रतिशतले बढाउँदा पनि वार्षिक प्रति सेयर आम्दानी (इपीएस) २ रुपैयाँ ६७ पैसा कायम भएको छ । यसअघि ९३ पैसा मात्र रहेको कम्पनीको इपीएस १ रुपैयाँ ७४ पैसा बढेको हो ।

चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले पुँजीको अनुपातमा नाफा कम हुँदा इपीएस कम भएको हो । आज सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ करोड ६३ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५६ लाख ७७ हजार रुपैयाँ नाफा थियो ।

कम्पनीको रिटेन्ड अर्निङ्ग ६ करोड ४७ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग ३६.२४ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात २०२.०२ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३९.३८ प्रतिशत घटेर १ करोड ६६ लाख ८५ हजार रुपैयाँ छ । कम्पनीको कुल खर्च २६.७३ प्रतिशत बढेर ५४ लाख ९१ हजार कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।