सिक्लेस हाइड्रोपावर ६ करोड २९ लाख नाफामा

0
Shares

सिक्लेस हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड २९ लाख ६४ हजार रुपैयाँ खुद नाफामा पुगेको छ ।कम्पनी गत आवको सोही अवधिमा ६ करोड २७ लाख ९२ हजार रुपैयाँ खुद नाफामा थियो ।

चुक्ता पुँजी ८५ करोड रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा, प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात ३४।४२ गुणा छ । यस्तै जगेडा कोषको आकार ५०.६१ प्रतिशतले घटेर ८ करोड ३५ लाख ३७ हजार रुपैयाँ सञ्चित छ ।

आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३० प्रतिशतले बढेको छ। पुससम्म कम्पनीले विद्युत बिक्री मार्फत १९ करोड ५८ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन खर्च ५.७३ प्रतिशत घटेर १ करोड ९० लाख ८७ हजार रहेको छ । कम्पनीको कुल गैर सञ्चालन खर्च ३.०५ प्रतिशत बढेर ११ करोड ४१ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।