बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा ६१% घट्यो

0
Shares

बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा ६१.३९ प्रतिशतले घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म ८४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आय बढेपनि नाफा भने घटेको हो ।

समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री आय १२.५५ प्रतिशतले बढ्दै ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रशासनिक खर्च १ करोड ३१ लाख ८६ हजार रुपैयाँ र कुल खर्च ३ करोड ६१ लाख ५५ हजार रुपैयाँ छ । समग्र खर्च अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.५९ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६३ पैसा, प्रति सेयर नेटवर्थ ९१ रुपैयाँ ८३ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५५ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात २७२.११ गुणा छ ।

समीक्षा अवधिसम्म कम्पनीको दीर्घकालिन ऋण ९५ करोड ७४ लाख रुपैयाँ छ । नगद तथा बैंक मौज्दात ५१ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय आम्दानी ५३.२६ प्रतिशत बढेर ५ करोड १० लाख कमाएको छ । कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।